प्रधानन्यायाधीसलाई पदमुक्त गर्न प्रमुख दललाई बारको ध्यानाकर्षण

आज दलहरूलाई ज्ञापनपत्र बुझाउने तयारी

नेपाल बार एसोसिएसनले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदमुक्त गर्न माग गर्दै बारले आज ज्ञापनपत्र बुझाउन लागेको हो । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आज ज्ञापनपत्र बुझाइने बारले जनाएको छ । प्रमुख राजनीतिक दलले प्रधानन्यायाधीसका विषयमा अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन । प्रमुख दलहरुलाई मौनता तोड्न माग गर्दै बारले घचघचाउन लागेको हो । दलहरु अहिलेसम्म सर्वोच्चमा देखिएको विवाद न्यायालयबाटै समाधान होस् भन्ने पक्षमा छन । प्रधानन्यायाधीसको राजीनामा माग गर्दै बार तीन सातादेखि आन्दोलनमा छ । सरकार विस्तार हुँदा भागबण्डा खोजेको, न्याय सम्पादनमा चरम भ्रष्टाचार गरेर न्यायालयप्रति नै नागरिकमा वितृष्णा सिर्जना गरेको आरोप प्रधानन्यायधीसमाथि लगाइएको छ । प्रधानन्यायाधीस राणाले भने सडकवाट माग हुँदैमा आफुले राजीनामा नदिने बताउदै आएका छन ।

तपाईको प्रतिक्रिया

Techie