महिला विश्वकप छनौट खेलमा आज नेपालले हङकङको सामना गर्दै

 पहिलो जित निकाल्दै सुखद सुरुआत गर्ने नेपाली टोलीको योजना

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङको सामना गर्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङ विचको खेल सवा एघार बजे शुरु हुनेछ । नेपाल आज पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने तयारीमा छ । हङकङपनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ । पछिल्लो पटक नेपालले २०१९ मा भएको प्रतिस्पर्धामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । छनोटमा छ टोली सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले मंगलबार भुटान, बिहीबार कुवेत, शुक्रबार मलेसिया र आइतबार युएइसँग प्रतिस्पर्धा गर्दैछ ।

तपाईको प्रतिक्रिया

Techie