ए’ डिभिजन लिग: आज एपीएफसँग ब्रिगेड ब्वाइज र मनाङ मस्र्याङदीसँग जाउलाखेल भिडने

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउसो एक बजे ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जित निकाल्दै सिजनको सुरुवात गर्ने प्रयासमा हुनेछन । दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पौने पाँच बजे हुने खेलमा उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ । मनाङ आठ पटकको च्याम्पियन हो । शीर्ष चारको लक्ष्य लिएको जावलाखेल पनि पहिलो जितको खोजीमा हुनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie