कर्णालीका मुख्यमन्त्री शाहीले १४ गते विश्वासको मत लिने

काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । शाहीले मंसिर १४ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् । शुक्रबार प्रदेशसभा सचिवालयले प्रदेश सभा अधिवेशन आह्वान गरेको जानकारी दिँदै मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने जानकारी दिएको हो । शाही गठबन्धनको समर्थनमा गत कात्तिक २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन । यसअघि माओवादी केन्द्रबाट महेन्द्र बहादुर शाही कर्णालीको मुख्यमन्त्री थिए । तर, पूर्वसहमतिअनुसार उनले नेपाली कांग्रेसलाई मुख्यमन्त्री छोडेका थिए ।

तपाईको प्रतिक्रिया

Techie