सडक निर्माण ढिलाई हुँदा बुढानिलकण्ठका स्थानीयलाई सास्ती

काठमाडौ । सडक निर्माणमा ढिलाई हुँदा काठमाण्डौ बुढानिलकण्ठ १ र ३ सिमानाका स्थानीय वर्षौदेखि सास्ती भोग्दै आएका छन् । १८ महिनामा निर्माण सम्पन्न गर्र्ने भनिएको करिब एक किलो सय मिटर सडक पाँच बर्ष वितिसक्दा समेत निर्माणको काम पूरा भएको छैन ।
कुनै दुरदराजमा रहेको दुर्गम गाउँको अलपत्र परेको बाटोको जस्तो दृश्य देखिने काठमान्डौ महानगरपालिकानजिकै रहेको बुढानिलकण्ठ वडा नम्बर १ र ३ को सिमानाका स्थानीय वर्षौदेखि सास्ती भोग्दै आएका छन् । १८ महिनामा बनिसक्नुपर्ने सडक पाँच बर्ष बितिसक्दा समेत १३ सय मीटर सडक निर्माणको काम सम्पन्न हुन नसकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
सडक निर्माण नहुँदा मानिस बिरामी पर्दा समेत एम्बुलेन्स जाने अवस्था समेत छैन । जिम्मेवार निकायले वेवास्ता गर्दा सडक निर्माणको काममा ढिलाई भएको स्थनीयको भनाइ छ ।
यता स्थानीयको गुनासो सुनुवाइ गर्न बनाइएको वडा कार्यालय सडक निर्माणका बिषयमा पटकपटक आग्रह गर्दा पनि सम्बन्धीत निकायबाट सुनवाइ नभएको भन्दै जिम्मेवारीबाट पन्छिने गरेको छ ।१८ महिनामा सम्पन्न गर्र्ने गरी २०७४ सालमा काठमान्डौ उपत्यका प्राधिकरण र सडक विभागले सो सडक निर्माण्को जिम्मा लिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie