भोजपरको टेम्केमैयुङ कोट बन्यो फुस छानोमुक्त

भोजपुर । भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त वडा बनेको छ । वडा कार्यालयको सकृयतामा १०८ घरको फुसको छानो हटाएर जस्तापाताको छानो लगाइएसँगै वडा फुसको छानोमुक्त भएको हो ।
सरकारको योजना अनुसार, टेम्केमैयुङ गाउँपालिकाको अभियानसँगै वडा कार्यालयको सकृयतामा यहाँका १०८ परिवारले जस्तापाताको छानो पाएका हुन् । वषौँदेखि फुसको छानोमा बस्दै आएका स्थानीय जस्ताको छानोपाएसँगै हर्षित छन् । आफ्नो ठाउँको विकास लागि जनप्रतिनिधिले खेलेको भूमिका प्रति उनीहरु सन्तुष्ट देखिएका छन् ।
वडा कार्यालयको तर्फबाट ४३ सहरी विकास कार्यालयको तर्फबाट ६५ गरि १०८ घरलाई जस्ताको छानो वितरण गरिएको हो । अभियानमा वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर काम थालनी गरेकोमा केन्द्र सरकारले पनि अभियान सञ्चालन गरेपछि फुसको छानोमुक्त बनाउन थप सहजभएको वडाध्यक्षको भनाइ छ ।
हालसम्म वडा नम्बर ६ कोट, वडा नम्वर ४ नागी र वडा नम्वर ३ अन्नपूर्णका पूर्ण रुपमा फुसको छानोमुक्त भएका छन् भने वडा न. ५ खावा, वडा ७ कोट र ८ गोगनेमा पनि अभियान सञ्चालन भईरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie