काठमाण्डौको मनहरामा बोरिङ खन्दा ग्यास निस्कियो (भिडियो)

काठमाडौ । काठमाण्डौको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यबस्था गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन । बोरिङ खन्दा ग्यास निस्किएपछि स्थानीय त्रसित बनेका छन् ।

तपाईको प्रतिक्रिया

Techie