एक-दुई दिनमै सर्वोच्चको समस्या समाधान हुन्छ: दाहाल

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रैबाट सुल्झियोस् भन्ने सत्तारुढ गठबन्धनको चाहना रहेको पनि बताए ।
अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको पनि बताए ।

तपाईको प्रतिक्रिया

Techie