‘प्रधानन्यायाधीशले घुस खानु भएको छ कि छैन’ सोधिदिन न्यायाधीशहरुलाइ शम्भु थापाको आग्रह

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई इजलासमा फर्किनुअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई घुस खानु भएको छ कि छैन भनेर सोध्न आग्रह गरेका छन् ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले आफूहरुले जबरा भ्रष्टाचारमा डुबेको देखेको बताए । उनले अघि भने, ‘जो हतार हतार इजलासमा बस्नुहुन्छ, तपाईंहरुले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ?’ यदि यो नसोधी जबराले तोकेको इजलासमा बस्ने हो भने उनीहरु पनि दूषित हुने थापाले बताए ।
सभाअघि कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie