रोल्पामा जीप दुर्घटनामा परि ३ जनाको मृत्यु

रोल्पा । रोल्पामा जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । माडी गाउँपालिका ६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा.१ज ३८२ नम्बरको जीप आज विहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन । उनीहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा थप तीन जना घाइते भएका छन । उनीलाई उपचारका लागि सदरमुकाम पठाइएको छ । भिरालो स्थानमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा छ जना यात्रु मात्रै रहेको प्रहरीको अनुमान छ । दुर्घटनाको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया

Techie