एमाले छाडेर एकीकृत समाजवादी रोज्नेको लहर चल्यो: नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर चलेको दावी गरेका छन । शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै नेपालले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताएका हुन । नेपालले केपी ओलीले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्ध प्रहार गर्न नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै रहने बताए । सत्तारुढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie