व्यापारीहरुलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायलाई गृहमन्त्री खाँणको निर्देशन

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन । उनले माल, समान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह समेत गरे ।
उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद र छलफल गरी राजनीतिक मुलधारमा ल्याउने काम भईरहेको बताए ।।

तपाईको प्रतिक्रिया

Techie