३९० जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ७६५ पुगेको छ
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ । योसंगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ भने अहिले सम्म ७ लाख ९५ हजार ८२२ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७,६५४ रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie