बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै 

बहुमत सांसदको समर्थन रहेकाले विश्वास पाउने निश्चित

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिदैछन । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाईएको छ । मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन । नेकपा एमालेको तर्फवाट मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धनको दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन । बागमतीमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल रहेको छ । एक सय नौ प्रदेश सभा सदस्य कायम रहेको बागमतीमा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie