राजेश हमालको स्वर र अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । महानायक राजेश हमाल आफैंले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा महानायक हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ । कार्यक्रममा बोल्दै महानायक हमालले आफू पाँच कक्षासम्म पढदा गीत गाउने गरेको स्मरण गराउँदै पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी व्यक्त गरे ।
म्युजिक भिडियोमा हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिइन् ।
भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडि जमेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Techie