बीपी स्वास्थ्य प्रतिष्ठानको समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण

धरान । धरानका बासिन्दाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन । धरानमा आयोजित स्वागत कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ्गलाई स्थानीयले प्रतिस्ठानको बेथिती अन्त्यका लागि ध्यानाकर्षण गराएका हुन । उपचार पद्धति, त्यहा रहेका उपकरण चुस्तदुरुत नभएका कुरामा ध्यान दिन नागरिक दबाब समूहले आग्रह गरेको हो । धरानका नागरिक समाज, पत्रकार राजनीतिक दलका प्रतिनिधिहरुले मन्त्री समक्ष प्रतिष्ठानको वेथिति, भ्रष्टाचार, अनियमिततामा सरकारले चासो नदिएको गुनासो गरेका हुन ।
स्थानीयको ध्यानाकर्षणपछि मन्त्री खापुङ्गले छानविन समितिको प्रतिवेदनका आधारमा सरकारले कारवाही प्रक्रिया अघि बढाउने आश्वासन दिए ।
उनले अब प्रतिष्ठानमा दक्ष, विज्ञ व्यक्ति नियुक्ति हुने आश्वासन समेत दिए । मन्त्रालयले प्रतिस्ठिानको अनियमितता छानविनका लागि मन्त्री विरोध खतिबडाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । खतिवडाले केही दिनअघि स्थलगत अवलोकन गरि प्रतिस्ठानको बारेमा जानकारी लिएका थिए ।

तपाईको प्रतिक्रिया

Techie