खण्डहर जस्तो बन्दै मुलुककै जेठो ‘त्रिचन्द्र बहुमुखी क्याम्पस’

चारैतीर बाट झाडीले छोपीएको भग्नाबषेश भवन, हेर्दै डरलाग्ने खण्डहरमा परिणत भईसकेको भुत बंगला जस्तो । मुलुकको राजधानीको केन्द्र भागमा रहेका नेपालकै सबैभन्दा पुरानो क्याम्पस हो । अहिले पनी यो भग्नावेस भवन भित्र हजारौ विद्ययार्थी अध्यन गर्छन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुहोस यहाँ अहिले पनी १० हजार भन्दा बढी विद्ययार्थी अध्यन गरिरहेका छन ।यो भवन भित्र एउटा निक्कै ठुलो पुस्तकालय पनी छ । तर याँहा भएका प्रय सबै पुस्तकहरु काम नलाग्ने गरी पानीले भिजेर कुहीइ सकेका छन । र अहिले पनी यस भवन भित्र विद्ययार्थीहरुलाई अध्यन गराउने ठुलो प्रयोगशाला छ । तर यो प्रयोगशाला पनी यस्तो अवस्थामा छ की कुनै पनि सामान काम लाग्ने अवस्थामा छैन । सबै क्षत्विक्षत् अवस्थामा छन ।
एक शताब्दी लामो गौरवपूर्ण इतिहास बनाएको मुलुककै जेठो क्याम्पस अहिले भौतिक रूपमा भने जीर्ण अवस्थमा छ । पुरातात्विक महत्वको त्रिचन्द्र भवनमा बर्खामासमा तेस्रोदेखि भुईंतलाको भित्री बरन्डासम्म सिमसार झैं तप् तप् पानी चुहिरहेको हुन्छ । भुईंमा लेउ लागेको छ । भवन चौतर्फी बर्खे झार जंगलले घेरिएको छ । देशको पहिलो उच्च शिक्षालयले मौसमको बहारभन्दा बढी विलाप गरिरहेझैं महसुस हुन्छ ।
हो, विक्रम संवत् १९७५ भदौ १२ गते त्रिभुवन चन्द्र कलेज स्थापना भएको थियो । उतिखेर प्रधानमन्त्री चन्द्रशमशेर थिए । उनैले कलेजको भवन निर्माण गराएका थिए । ढुंगा, इँटा, चुना, सुर्की, काठ, फलाम जस्ता सामग्री प्रयोग गरेर निर्माण गरिएको भवन सम्पन्न गर्न १४ महिना लागेको थियो । राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर कलेज भवनको उद्घाटन गरेका थिए ।
विसं. १९८१ मा उक्त नाम संशोधन गरी त्रिचन्द्र कलेज राखिएको थियो । अहिले त्रिचन्द्र बहुमुखी क्याम्पस भनिन्छ । बोलीचालीमा त्रिचन्द्र कलेज भनेर चिनिन्छ । कलेज स्थापना हुँदा सुरुमा पाँच जना विद्यार्थी भर्ना भएका थिए । अहिले करिब १० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यद्यपि कुनै बेला विद्यार्थी संख्या १३ हजारसम्म पुगेको थियो । क्याम्पसको यो कन्तबिजोक अवस्था देखेर विद्ययार्थी संख्या घट्ने क्रम जारी छ ।
उच्च शिक्षाको इतिहासलाई बिर्सिने हो भने यस थलोमा ढुंगा र माटोमात्र बाँकी रहन्छ । काठमाडौंको दरबार हाईस्कुल र रानीपोखरीको पूर्वतर्फ रहेको कलेज ३७ रोपनी क्षेत्रफलमा फैलिएको छ । रानीपोखरीसँगै कलेजको सरस्वती सदनलगायत भवन २३ रोपनी क्षेत्रफलमा छ भने बीचमा उत्तर–दक्षिण सडक फैलिएको छ । सडकपारी १३ रोपनी क्षेत्रफलमा त्रिचन्द्र कलेज घण्टाघरसहितको ऐतिहासिक तथा पुरातात्विक संरचना फैलिएका छन् । मुलुकको ईतिहाँस बोकोको घण्टाघर पनी यही त्रिचन्द्र क्यामपसको काखैमा छ । तर संरक्षण पर्खाईमा बसेको घण्टाघर पनी यस्तै पारा हो भने इतीहाँस मेटीने देखिन्छ । घण्टाघर संगै रहेको एउटा ऐतिहाँसिक तथा पुरातात्विक ऋितु, महीना गते बार हेर्न मिल्ने एउटा घडी पला पनी छ । तर यो घडी झाडीले छोपेर अस्तित्व मेटिने अवस्थामा छ ।
यसरी २०७२ को भुकम्पले तीनतले पुरातात्विक भवन जीर्णावस्थामा छ । याहा रहेका सबै संरचना धोष्त भईसकेकका छन । ‘रातो स्टिकर’ टाँसिएको भवन जीर्णोद्धार कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा पर्न सकेन ।

काठमाडौँको सबैभन्दा व्यस्त ठाउँ हो रत्नपार्क । रत्नपार्कबाट करिब दुई सय मिटर पर एउटा पुरानो भवन छ, त्यो हो त्रिचन्द्र क्याम्पस जहाँ रत्नपार्कको हल्लाले खासै प्रभाव पार्दैन । मान्छे नहुँदा दिउँसै तर्साउलाझैँ लाग्ने भवनहरुमा जति हल्ला गरे पनि शान्त नै देखिन्छ । तिनै पुरानो भवनका बीचमा सानसँग ठडिएको छ, घण्टाघर । भवनसँग तुलना गर्दा घण्टाघर निकै सुन्दर र रंगरोगनले चिटिक्क छ । घण्टाघर भेट्न लम्किएको भवनको माथिल्लोपट्टि अंग्रेजीमा लेखिएको छ, त्रिचन्द्र १९८१ ए.डी. । करिब मेटिने अवस्थामा पुगेका ती अक्षरहरुले ६६ वर्ष नाघिसके तर कलेजमा पढाइ सुरु भएको भने सय वर्ष पुगिसकेको छ ।
पुरातत्व विभागको संरक्षणमा रहेको त्रिचन्द्र क्याम्पसको पुरानो भवनमा अहिले समाजशास्त्र, भूगोल, मनोविज्ञान लगायतका विषय पढाइ हुन्छन् । वि.सं. १९७५ सालमा तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरको पालामा शिलान्यास भएको यस क्याम्पस सुरुवातताका त्रिभुवन–चन्द्र कलेजको नामले परिचित थियो । वि.संं १९८१ सालदेखि भने यसलाई त्रिचन्द्र कलेज मात्र भन्न थालियो र अहिले कलेजभन्दा अघि बहुमुखी पनि थपिएको छ । वि.सं. १९७६ भदौ ५ देखि यस क्याम्पसमा आई.ए. र आई.एस्सी पढाइ सुरु भएको इतिहास छ ।
भारतको पटना विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेर पढाइ सुरु गरेको यस कलेजमा पहिले भारतकै शिक्षकले मात्र पढाउँथे । किनभने त्यस समय नेपालमा आई.ए र आई.एस्सी पढेका र पढाउन सक्ने शिक्षक नै थिएनन् । यहाँ वि.सं. १९८१ देखि बि.ए. र २००४ सालदेखि बि.एस्सी.को पठनपाठन सुरु भएको हो । त्रिचन्द्रकै सम्बन्धनमा चार कलेज वि.सं. २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनाअघिसम्म त्रिचन्द्रबाटै सम्बन्धन लिएर थप चार वटा कलेज समेत खुलेका थिए । त्रिचन्द्र क्याम्पसको यो भवनमा अहीले विज्ञान तथा प्रविधी अध्यन संस्थान तर्फ १० ओटा विषय स्नातक तह र स्नाकोउतर तहको पढाई हुन्छ । भने स्नाकोतर विज्ञान तर्फ ३ वटा विषय माईक्रोबायलोजी, केमेष्टी इन्जिनियरीग जिओलोजी को पढाई हुन्छ । मानविकी संकाय तर्फ १४ वटा विषयको पढाई हुने र एमए सम्मको पढाई हुन्छ ।
एउटा प्रचीन ईतिहाँस संग जोडीए र जगतमा ज्ञान बाँड्ने संस्था किन आज बत्ती मुनीको अध्यारोमा छ ? नाम चलेको मुलुकको सबै भन्दा जेठो क्याम्पस त्यो पनी राजधानीको केन्द्र भागमा रहेको क्याम्पसको यो हबिगत छ भने दुरदराजमा अलपत्र परेको संरचनाको हालत कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । त्रिचन्द्र क्याम्पसको नाम सुनेर देशका ७७ वटै जिल्ला बाट अध्यन गर्न विद्ययार्थीहरु आउने गर्छन । र अहिले पनी १०-१२ हजारको हाराहारी विद्ययार्थी अध्यनरत छन । तर उनीहरु अहिले पनी त्रासका बिच यही भवन भित्र बसेर अध्यन गर्न बाध्य छन । विद्ययार्थीहरु भन्छन याँहा आउदा क्याम्पस आए जस्तो लाग्दैन ।

शुल्क कम, विद्यार्थी धेरै त्रिचन्द्रमा हिजोआज मानविकी र विज्ञान संकाय मात्रै पढाइ हुन्छ । तर विद्यार्थीको भने हुल थामिनसक्नु छ । सुरुतामा कोटा प्रणालीअन्तर्गत पठनपाठन हुने भए पनि विभिन्न विद्यार्थी संगठनको विरोधका कारण स्नातकमा यो हटाइएको छ । तर स्नातकोत्तरमा भने कोटा कायम छ । जसका कारण ५० जनाको कोटामा पाँच सय जना अध्ययन गर्छन् । अरु निजी कलेजमा जस्तो कोटा प्रणाली नभएका कारण यस कलेजमा विद्यार्थी संख्या धेरै भएको बताउँछन् ।
सस्तो शुल्क, त्यसमा पनि छात्रवृत्तिको व्यवस्थाले गर्दा फिजिक्स र बायोलजीमा मात्रै सयौँ विद्यार्थी पढ्न पुग्छन् । लफडा र राजनीति पनि उत्तिकै हुन्छ यो स्याम्पसमा करिब १० हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् भने ६ सयभन्दा बढी प्राध्यापकले अध्यापन गराउँछन् ।

तपाईको प्रतिक्रिया

Techie