प्रधानन्यायाधीशलाई राजीनामा दिन ५ दिने अल्टिमेटम

काठमाडौं- नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो । उक्त आन्दोलनको अवधिमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा बारले जनाएको छ । बारले हातमा कालो पट्टी बाँधेर सक्रिय सहभागिता जनाउन देशभरका कानुन व्यवसायीलाई आह्वानसमेत गरेको छ ।

यो अवधिमा प्रधानन्ययाधीश चोलेन्द्र शम्सेर राणा सहभागि इजलास बहिष्कार गर्ने निर्णय पनि बैठकले गरेको छ । अन्य इजलासमा भने बहस गर्ने बार एसोसियसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie