काँग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

काठमाडौ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । एक साताका लागि बेलायत प्रस्थान गरेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको बताए ।
प्रधानमन्त्रीसमेत रहेका देउवा कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ।

 

तपाईको प्रतिक्रिया

Techie