प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न बार सल्लाहकार समितिको सुझाव

काठमाडौ । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न कार्यसमितिलाई सुझाव दिएको छ। मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।

प्रधानन्यायाधीशको सिधै राजीनामा माग्ने र उनले राजीनामा नदिए देशभरिका अदालतको इजलास बहिष्कार गर्ने अनि धर्ना दिने निर्णय गर्न बारलाई सुझाएको बैठकमा सहभागी एक बरिष्ठ अधिवक्ताले बताए ।सुझाव सुनेपछि निर्णय गर्न नेपाल बारको कार्यसमिति बैठक बसिरहेको महासचिव लीलामणि पौडेलले बताए।

सल्लाहकार बैठकमा बरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भू थापा, कुमार शर्मा, रामनाथ मैनाली, रमण श्रेष्ठ, मुक्ति प्रधान, कृष्ण सापकोटा, सुरेन्द्र महतो, टीकाराम भट्टराई, रमेश बडाललगायतले बोलेका थिए।

बैठकमा सहभागी अधिवक्ता भट्टराईरले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा बचाउन नसकेको, आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको, न्यायिक विचलन बढेर गएको भन्दै उनले राजीनामा दिनुपर्ने पाँच कारण प्रस्तुत गरेका थिए। ।

तपाईको प्रतिक्रिया

Techie