धरासायी अवस्थाममा सिंहदरबार वैद्यखाना

इतिहासलाई आधार मान्दा करिब ४ सय वर्ष अगाडी राजा प्रताप मल्लले हनुमान ढोका दरबारमा सानो वैद्य खानाको सुरुवात गराएका थिए । जसलाई जंगबहादुर राणाले थापाथलीमा स्थानन्तरण गरे । जुद्ध शमसेरको पालामा सिंह दरबारमा सारिय पछी त्यस्को सिंहदरबार वैद्यखाना भनेर औपचारीक नामकरण गरियो । जुन आर्युवेद संग संम्बन्धीत दक्षिण एसियाकै पहीलो संस्था हो । शास्त्रीय तबरबाट संदयौ देखिको परम्परा धान्दै आएको यो वैद्यखाना २०५२ साल यता सिंहदरबार वैद्यखाना विकास समीतीको नामबाट संचालीत छ । कुनै बेला सिंहदरबार वैद्यखानाले १ सय ६० थरीका आर्युवेदीक औषधी उत्पादन गथ्र्यो । अहीले तिन चार थरी औषधीमै सिमित छ । त्यो पनी निरन्तर उत्पादन हुँदैन । सर्वाधिक खपत हुने र रुचाईएका १२ प्रकारका औषधी उत्पादन बन्द भए पछी वैद्यखानाले साख र बजार दुबै गुमाएको छ । कुनै बेला बेचेर नभ्याईने बैद्यखानाको आर्युवेद औषधीले भरीने गरेका फार्मेसी अहिले दुई तिन थरी औषधीमा सिमित छन् ।

औषधी व्यवस्था विभागमा स्वदेशी ८२ र विदेसि ३३ गरी १ सय १५ वटा आर्युवेदीक औषधी उत्पाक कम्पनी दर्ता छन । र तिनका झोल र ट्याब्लेट गरी ९० प्रकारका औषधीहरु विक्रीका लागी स्विकृत दिएको छ । यो तथ्याँकले आर्युवेदीक पद्धतीमा नेपालीको विश्वास बढ्दै गएको मात्रै स्पष्ट हुँदैन वार्षीक करोडौ मूल्यको औषधी विदेश बाट आयात गर्नु परीरहेको पनी संकेत गर्छ । तर झण्डै चार सय वर्षको ईतिहँस बोकेको सिंहदरबार वैद्यखाना भने बढ्दो बजार प्रतिसपर्धामा उठ्नै नसक्ने गरी थलीएको छ ।
८ वर्ष अघी सम्म सिंहदरबार वैद्य खानाले १ सय ५० थरीकै औषधी उत्पादन गथ्र्यो । शक्तीवर्दक च्यामनप्रसको थियो । अहीले त्यो ठाँउ डाबरले ओग्दै लगेको छ । वैद्यखानाले उत्पादन गर्ने लिभकियर सिरफ, एब्डोजाईम्प सिरफ, डाइबिकियर ट्याब्लेट, मेमोरी प्लस ट्याब्लेट, रिभाईटर सुगर फ्रिरी सिरफ, कन्फ्रेन्ट सिरफ, लिभकियर पिडी सिरफ, बेबीटाृन सिरफ, डर्माकियर ट्याब्लेट र रिभाईटर सिरफ जस्ता औषधी निक्कै रुचाईएको थियो । तर अहीले यि औषधी उत्पादन हुँदैन । र निरन्तर यस्ता औषधी सेवन गर्दै आएका ग्राहक हरुपनी आफुले खोजेको औषधी नपाँउदा यसरी दुखेको पोख्छन ।
बजारमा धेरै कम्पनीका आर्युवेदीक औषधीहरु प्रसस्तै पाईन्छन । ति औषधीहरुले ग्रहाकको मन जित्न सकेको छैन । जस्को कारणले पनी कम्पनीको नामै किटेर वैद्यखानाको औषधी खोज्न आउने दैनिक सयौ गा्रहकहरु औषधी नपाएर फर्कीने गरेका छन । सयौ वर्ष पुरानो इतिहास बोकेको र ग्राहकले वैद्यखानाको औषधी हो भन्ने ट्याग देखे पछी आँखा चिम्लेरै सेवन गर्ने विश्वास बनाईसकेको कम्पनीले आफ्नो बजार र साख गुमाउनु दुखद हो ।

बजारमा अहीले थुप्रै आर्युवेदीक औषधी कम्पनी छन । तर ग्राहलाई ति औषधी माथि वैद्यखानाको औषधी जस्तो झट् विश्वास लाग्दैन । तर सिंहदरबार वैद्यखाना अहीले मुख्य गरी सिलाजीत र अरु एक दुई प्रकारका औषधी मात्रै उत्पादन गरीरहेको छ । सर्वत्र रुचाईएको वैद्यखानाको औषधी यसरी एक पछी अर्को गर्दै उत्पादन बन्द हुँदै जाँदा कम्पनीनै बन्द हुने अवस्थामा पुगेको छ । धेरै रुचाईएको अधिक उत्पादन हुने च्यामनप्रास समेत अहीले उत्पादन बन्द भएको छ ।

यसरी आम नागरिकले रुचाईएको सबै खाले औषधी उत्पादन बन्दै हुँदै गए पछी बजारको माग पुरा गर्न सकेको छैन । त्यसकारण बजारमा विदेशी कम्पनीको हालीमुहाली छ । बजारमा आर्युवेदीक औषधीको माग अत्याधिक रहे पनी नेपाली उत्पादनले २० देखी ३० प्रतिशतको हाराहारी मात्रै बजार लिएको छ । बजारमा विषेश गरी भाततिय उत्पादनको बच्र्सो छ । किनकी सिंहदरबार वैद्यखाना दिनदिनै थला पर्दै गइरहेको छ । यस्तै पारामा यो उद्योग संचालन गर्ने हो भने निकट भविष्यमा बन्द हुने देखिन्छ ।

लामो ईतिहाँस बोकेको एउटा सरकारी कम्पनी धरासायि मात्रै बनेको छैन यतीबेला । यस्तै हो भने बन्द हुने अवस्थामा पुगेको छ । सिंहदरबार वैद्यखाना विकास समीती यो अवस्थामा सम्म पुग्नुको कारण खोज्ने हो भने एउटा मात्रै छैन । तर यो कम्पनीलाई यस्तो हविगत सम्म पु¥याउनुको मुख्य कारण हो व्यवस्थापकीय कमजोरी, उस्ले गर्ने वार्षीक कारोवार हेर्ने हो भने पनी वार्षीक निरन्तर ओरालो लागीरहेको छ ।

सिंहदरबार वैद्यखानाले २५ वर्ष यता वार्षीक ४ करोड रुपैँयाको पनी व्यापार गर्न सकेको छैन । २०६४ सालमा ४५ हजार ४ सय ४९ हजार किलोग्राम औषधी उत्पादन गरेको वैद्यखानाले २०७२ त्यसको झण्डै ६ गुणा कम अर्थत ८ हजार १ सय ६८ किलोग्राम मात्रै औषधी उत्पादन ग¥यो । त्यस्तै गत आर्थीक वर्षमा ५७ हजार किलोग्राम औषधी उत्पादन गर्ने लक्ष राखेको भए पनी त्यस्को २३ प्रतिसत अर्थात करिब १३ हजार किलो मात्रै औषधी उत्पादन भइको थियो । अघिल्लो वर्षको तुलनामा विक्री घटेर त्यस वर्ष २ करोड ६८ लाख रुपैँयामा सिमित भयो ।

सिंहदरबार वैद्यखाना र्पुण सरकारी स्वात्विको संस्था हो । जस्को सम्र्पुण खर्च सरकारी कोष बाट व्यहोरिन्छ । सरकारले हरेका वर्ष ५ करोड भन्दा माथी रकम वैद्यखानालाई उपलब्द गराउदै आएको छ । जसको धेरै अंश प्रसाशनीक खर्चमै सकिन्छ । २०७५ सालमा कुल बजेटको ४० प्रतिसतको हाराहारी प्रसाशनीक खर्च गरेको वैद्यखानाले २०७६/७७ मा त्यसलाई बढाएर करिब ७५ प्रतिसत पु¥यायो । वैद्यखानामा विकास समिती तर्फ ४३ जना र प्रशासनिक तर्फ २ जना गरी ४५ जना कर्मचारी छन ।
माग अनुसार औषधी उत्पादन गर्न नसक्नु वैद्य खानाको अर्को कमजोरी हो । जसका लागी जिम्मेवार छन व्यवस्थापक । बजारमा चलीसकेका उत्पादन बन्द हुँदा नियमित प्रयोगकर्ता अन्य कम्पनीका औषधी तर्फ आर्कर्षीत भए । र त्यसको ठुलो हिस्सा भारतिय उत्पादनले लियो । पछिल्लो समय डाबर र पतंजलीका उत्पादनले वैद्यखानाको बजार हड्प्यो ।

नियमित उत्पादनलाई बेवास्था गर्ने व्यवस्थापनले पछिल्लो ६ वर्ष देखि असल उत्पादन अभ्यास जि एम पि मा बढी जोड दियो । जसका कारण नियमित उत्पादन ओझेलमा परे । वैद्यखानाको साख कायमै राख्न जिएमपि संगै भएका उत्पादनलाई निरन्तरता दिन पथ्र्यो तर त्यसो हुन सकेन । सबै औषधी उत्पादनका लागी चाहीने कच्चा पदार्थ जडीबुटीको अभाव समयमा जडिबुटी खरिद गर्ने ठेक्का प्रकृयामा नै ढिलाई भएको कारण पनी सोचे जस्तो काम गर्न नसकिएको व्यवस्थापन बताउछ ।

औषधी उत्पादन गर्ने जडिबुटी, उत्पादन भएका औषधी प्याकेजीङ गर्ने बट्टा, शिलबन्दी गर्ने औजार लेबल लगायत प्रविधिक वस्तुको पनी समय समयमा अभाव हुँदा उत्पादन प्रभावित हुँदै गयो । समय सुहाँउदो प्रविधी भित्रयाउन नसक्नु वैद्यखाना धरासायि हुनुको अर्को कारण हो । प्राय सबै औषधी मेसिनले होईन मानीसलेनै उत्पादन गर्नुपर्ने बाध्यता छ । उत्पादनमा अझै पुरातन शैली कायम छ ।

कयौ कारण छन सिंहदरबार वैद्यखाना धरासायि बन्नुमा । त्याहाँ भित्र अहीले थप अर्को एउटा समस्या उत्पन्न भएको छ । विगत एक महीना देखि सिंहदरबार वैद्यखाना विकास समितीका कर्मचारी आन्दोलीत छन । उनीहरुले कल्याँणकारी कोष स्थापनाको माग गर्दै दैनिक आन्दोलन गरिरहेका छन । २५ औ वर्ष देखि काम गर्दै आएको र अवकास पछी रित्तो हात लियर घर र्फर्कनु पर्ने भन्दै यस तर्फ व्यवस्थापनले बेवास्था गरेको उनीहरुको गुनासो छ । आफ्नो माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने कर्मचारीको भनाई छ ।
निरन्तर ओरालो लागेको संस्था त्यसमाथी कर्मचारीको आन्दोलनले झन खराब स्थितीमा पुगेको छ । कर्मचारीले अहीले पनी हातमा कालो पट्टी बाँधेर काम गरीरहेका छन । कम्पनी हाँक्ने कर्मचरीनै गैरजिम्मेवारी बन्ने र व्यवस्थापक अव्यवस्थित बन्ने प्रवृतीले कम्पनी थलीनु मुख्य कारण हो । जसका कारण लामो ईतिहास बोकेको संस्था उठ्नै नसक्ने गरी थला परेको छ ।

कारण धेरै छन सिंहदरबार वैद्यखाना ओराले लाग्नुमा सरकारको स्पष्ट निती र दृष्टीकोणको अभाव, व्यवस्थापकीय कमजोरी, पर्यप्त स्रोत साधन नहुँनु बजारको सही मूल्याँकन नगरीनु र पछिल्लो आधुनीक प्रविधी भित्रयाउन नसक्नुका कारण झण्डै चार सय वर्षको इतिहास बोकेको यो संस्था जेनतेन मात्रै चलीरहेको छ ।

जडीबुटी अभावकै कारण औषधी उत्पादन नभएको भन्ने वैद्यखानाको दाविमा कती सम्म सत्य छ ? जडिबुटीको प्रचुरता देखेरै पतंजली डाबर जस्ता प्रतिष्ठीत कम्पनी नेपाल भित्रियर नेपालमै धमाधम उत्पादन गरेर बजारकमा एकाधिकार जमाईरहेका छन । कुनै समय वैद्यखानाले बनाएको आफ्नो आर्युवेद औषधी लगायत अरु सामग्रीको बजार केही आन्तरिक र अधिंकाश भारतीय उत्पादनले लिईसकेको छ । ८० भन्दा बढी स्वदेशी कम्पनीले प्रसस्तै जडिबुटी पाईरहेका छन । यता प्रतिष्ठीत विदेशी कम्पनी यही नेपालकै जरीबुटीमा लोभिएर ठुलाठुला अत्याधुनीक कम्पनी खोलीरहेका छन । तर सरकारी कम्पनी वैद्ययखानाले भने जरीबुटी नपायर औषधी उत्पादन गर्न सकीएन भन्ने लाजमर्दो तर्क गर्छ । पतंजली डाबर जस्ता बहुराष्टीय कम्पनीहरुलाई न्यानो स्वागत गर्ने सरकारले भने वैद्यखाना प्रती ध्यान दिएको छैन । सरकारले ध्यान नदीए सम्म यस्ले आफ्नो दुरावस्था सुधार्न पक्कै सक्ने छैन । डाबर पतंजली जस्ता बहुराष्टीय कम्पनी नेपालको जरीबुटी प्रती आर्कर्षीत भईरहँदा वैद्यखाना भने जरीबुटी नभएकै कारण भएका उत्पादनलाई निरन्तरता दिन नसकीएको दावि गर्छ ।

वार्षिक अर्बौ मूल्यको जडिबुटी जंगलमै कुहीएर जान्छ । व्यवसायिक खेती त परको कुरा हो नेपालका बनजंगलमा खेरा गईरहेका जडिबुटीको सानो हिस्सा पनी सदुपयोग भएको छैन । तर निजी क्षेत्रका दर्जन भन्दा बढी कम्पनीले माग अनुसारको उत्पादन गरिरहँदा वैद्यखाना चाँही जडीबुटीनै छैन भन्दै पन्छीरहेको छ । केही वर्ष यता तर वनस्पती विभाग भने वैद्यखानाको तर्क दावि संग सहमत छैन । वैद्यखानालाई पुग्ने जडिबुटी उपलब्ध भए पनी उस्ले भण्डारण गर्न नसकेको विभागको भनाई छ ।
वैद्यखाना औषधीव्यवस्था विभागको कारण पनी आफु खुम्चिनु परेको गुनासो गर्छ । उत्पादीत औषधी विक्रीका लागी अनुमती नदिएको वैद्यखानाको दावी एकातिर छ । अर्कोतिर विभाग वैद्यखानाले उत्पादनको अनुमती लिए पनी सबै उत्पादन विक्रिका लागी अनुमती नलीएको जिकीर गर्छ । तर पछिल्लो केही वर्ष यता वैद्यखानाले आफुले उत्पादन गर्ने औषधी र उत्पादन भईसकेको औषधी विक्रिवितरणका लागी लिएको अनुमती पत्रनै नविकरण गरेको छैन । र औषधी उत्पादन गर्न पनी त्यती उत्साहित देखिएको छैन वैद्यखाना ।

सरकारी निकाय विचको समन्वय अभावका कारण पनी सिंहदरबार वैद्यखानाको झन नाजुक बन्दै गएको छ । अर्कोतिर जडीबुटी पाइएन भनेर वैद्यखानाले व्यवसायिक खेती गरेर आफुलाई चाहीने कच्चा पदार्थ आँफै तयार गर्ने स्पष्ट निती र कार्यक्रम ल्याएको छैन । सरकारले भरथेग गरुन्जेल जेनतेन चल्ने नदिए बन्द गरी निजी कम्पनीलाई फ्ष्टाउन दिने नियत वैद्यखानाकै व्यवस्थापनले राख्दै आएको आरोप नलागेको होईन । आरोप चिर्न उस्ले नदेखाएको सक्रियताले शंखा गर्ने आधारलाई झनै फराकीलो बनाउदै लगेको छ । पछिल्लो समय सबै सरकारी कम्पनीहरु धरासायि बन्दै गएका छन । त्यस्तै सिंहदरबार वैद्यखाना विकास समिती पनी बन्द हुने अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie