जसपा विवाद टुंग्याउन निर्वाचन आयोगद्वारा इजलास गठन 

साउन तीन गते दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले इजलास गठन गरेको हो । बुधबार नै बसेको इजलासको बैठकले जसपा विवादमाथिको सुनुवाइका लागि आगामी साउन ३ गते बिहान ११ बजे दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ । साथै बहसका लागि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो । आयोगले दुवै पक्षलाई मंगलबार बोलाएर सहमति जुटाउने प्रयास गरेपनि दुवै पक्षले मिलेर जान अस्वीकार गरेपछि दलको आधिकारिकताको सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

Techie