कम्युनिस्ट आन्दोलन र एमालेलाई नयाँ शीराबाट एकीकृत गर्ने: नेपाल 

पार्टी सिद्धान्त विपरित जानु लोकतन्त्र विरुद्ध भएको भनाई

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई नयाँ शीराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा सन्देश जारी गर्दै नेता नेपालले कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वास पार्टी सिद्धान्त विपरीत संविधान र लोकतन्त्रको विरुद्धमा प्रयोग हुनु दुःखद रहेको बताएका छन् । शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु दुःखद अवस्था भएको उल्लेख गरेका छन् । विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक –आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नायकका शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता नेता नेपालले आव्हान गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie