बाढी–पहिरो उद्धार, राहत तथा व्यवस्थापनमा सबै मन्त्रालय परिचालन गरिने

काठमाडौ । सरकारले बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै मन्त्रालय परिचालन गर्ने निर्णय गरेको छ । विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पनि पारित गरेको छ ।
बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । बाढी पीडित क्षेत्रमा खाद्यसामग्री, टेन्टलगायतका आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie