बाँकेमा निषेधाज्ञा थप एकसाताका लागि लम्बियो

नेपालगन्ज- कोरोना नियन्त्रणका लागि बाँकेमा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ ।

निषेधाज्ञाको समय थप गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी जेठ २४ गते राति १२ बजेसम्म जारी गरेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सहजताका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा जनाइएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा गत बैशाख ८ गतेदेखि र बाँके जिल्लाभर १४ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञाको एक महिनापछि बाँकेमा कोरोना संक्रमितको संख्यामा कमी आएपनि नियन्त्रण हुन सकेको छैन । हाल मृत्यु दरपनि घट्दै गएको छ । कोरोनाका कारण बाँकेमा हालसम्म २ सय ९२ जनाले ज्यान गुमाएका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका २ सय ८७ जनाको ज्यान गएको कोरोना स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए । यस्तै पछिल्लो समय बाँकेमा कोरोना जित्नेको संख्यामा पनि वृद्धि भएको छ ।

कुनै बेला ९२ प्रतिशतसम्म पुगेको संक्रमण दर ३३ प्रतिशतमा झरेको छ ।

तपाईको प्रतिक्रिया

Techie