अख्तियारको ‘स्टिङ अप्रेसन खारेज गर्न सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’लाई असंवैधानिक ठहर गर्दै उक्त अप्रेसन खारेज गर्न निर्देशन दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासले घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज गरिदएको हो । सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० खारेज गरेको हो।

‘अतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संविधानको धारा १३३ को उपधारा ९१० बमोजिम आजका मितिले लागू हुने गरी अमान्य र बदर हुने ठहर्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

अख्तियारको नियमावलीमा घुस रिसवतवापत रकम उपलब्ध गराएर अनुसन्धान गर्न पाउने उल्लेख छ।

तपाईको प्रतिक्रिया

Techie