स्तन क्यानसर रोगीको संख्या बढ्दो (भिडियो रिर्पोट)

काठमाडौं:  विश्वमा नै महिलाहरुमा बढि देखिने क्यान्सरहरु मध्ये प्रमुख स्तन क्यान्सर हो । नेपालमा यो रोगको यकिन तथ्यांक नभए पनि स्तन क्यानसर रोगीको संख्या बढ्दो छ । तर रोग पहिचानमा ढिलाई तथा उपचारमा संकोचका कारण स्तन क्यान्सरका विरामी उपचारको पहुँच सम्म पुग्न सकेका छैनन् ।

अमेरिकन इन्सीच्युट फर क्यान्सर रिसर्चको तथ्यांक अनुसार सन् २०१८ मा मात्र विश्वमा १८ लाख नयाँ स्तन क्यानसरका विरामी थपिए । ती मध्य ९ लाख ५० हजार पुरुष तथा ८ लाख ५ हजार महिलामा स्तन क्यान्सर देखिएको थियो । नेपालमा स्तन क्यानसरका विरामीको यकिन तथ्यांक नभए पनि ५० हजार भन्दा बढि स्तन क्यान्सर रहको अनुमान छ । नेपालमा स्तन क्यान्सरका बारेमा जानकारीमा कमी हुनु तथा पुरुष चिकित्सकहरुसंग उपचारमा जान संकोच मान्ने गरेका कारण यस्ता विरामी उपचारमा ढिला आइपुग्ने चिकित्सकहरुको बुझाई छ ।

विकसीत मुलकको तुलनामा विकासोन्मुख मुलकमा स्तन क्यानसरको अवस्थामा कमी हुने गरको मानिन्छ । तर तथ्यांक केलाउने हो भने हाल विकासोन्मुख मुलकमा पनि करिब ६० प्रतिशत स्तन क्यानसरको समस्या देखिने गरेको छ । स्तन क्यानसर सुरुको अवस्थामै पहिचान गरी यसको उपचार गर्ने हो भने यो पूर्ण रुपमा निको हुन्छ । तर क्यान्सर छालामा फैलिएको अवस्थामा भने यसको उपचारमा कठिनाई हुने चिकित्सकहरु बताउँछन् ।

विश्वमा महिलाको ज्यान लिने प्रमुख रोग स्तन क्यान्सर हो । सामान्य कुरामा हेलचेक्र्याइँ गर्दा र वेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कैयौँ महिलाले अकालमै ज्यान गुमाउने गरेका छन् । त्यसैले स्तनमा सामान्य गिर्खा, गाँठागुठी, देखापरेमा बेलैमा निसंकोच उपचार तथा चिकित्सको परामर्श लिन पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

Techie