बहराइनका राजकुमार लयागत एनआरएन र बिदेशी बिधार्थीलाइ नेपाल आउन स्विकृति 

विदेशबाट ८ सय नेपालीको दैनिक उद्धार गरिने  

काठमाडौ । नियमित र चार्टर फ्लाइटमार्फत विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने सरकारले निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको हो ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।

त्यस्तै पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले हिमाल आरोहणका लागि चार्टर प्लाइटमार्फत् नेपाल आउनका लागि बहराइनका राजकुमारसहितको टोलीलाई स्वीकृति दिएको छ।बहराइनका राजकुमारसहित बहराइनबाट १५ जना र बेलायतबाट ३ जनालाई माउन्टेन आरोहणको स्वीकृति दिइएको हो। सेप्टेम्बर १५ पछि उक्त टोली नेपाल आउने बताइएको छ।
चार्टर विमानबाट आउने टोलीले मनास्लु हिमालको आरोहण गर्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए। हिमाल आरोहणका लागि आउने टोलीले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बताइएको छ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले गम्भीर प्रकृतिका बिरामी परी उपचार गर्नुपर्ने तथा एकाघरको आफन्तको निधन भएको अवस्थामा एनआरएनहरूलाई नेपाल आउन दिने निर्णय गरेको हो।  अफ्ठेरोमा पनि नेपाल आउन पाइएन भन्ने गैरआवासीय नेपालीको गुनासो आएकाले यो निर्णय गरेको सरकार प्रबक्ता डा. युवराज खतिवडाले बताए।
यस्तै नेपालमा परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीलाई पनि सम्बन्धित शिक्षण संस्थाको सिफारिसमा नेपाल आउन दिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

Techie