गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठसहित)

पोखरा : गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमआज प्रदेशसभामा प्रस्तुत भएको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शेरचनले प्राकृतिक सुन्दरता र सांस्कृतिक विधितायुक्त प्रदेशलाई सभ्य, सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ्ने नीति सरकारले लिएको बताए । नीति तथा कार्यक्रममा कोभिड १९ विरुद्धको लडाइमा ध्यान केन्द्रित गर्ने जनाइएको छ । उनले कोरोना महामारी विरुद्ध लड्न प्रदेशस्तरको अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रमममा समेटिएको बताए ।

प्रदेश प्रमुख शेरचनले विश्वव्यापी माहामारीबाट सिर्जित समस्याबाट अर्थतन्त्रलाई उठाउन र कोभिड विरुद्धको लडाइमा नीति तथा कार्यक्रमले जोड दिएको पनि बताए । नागरिकको स्वास्थ्य प्रणालीलाई सु्दृढ गर्ने योजनाअनुरुप गण्डकी प्रदेश सरकारले आफ्नो तेश्रो वर्षको नीति तथा कार्यक्रममा प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा, सुविधा सम्पन्न प्रयोगशाला सँगै सरुवा रोग अस्पतालको निर्माण, गण्डकी स्वास्थ्य तालिम तथा प्रतिष्ठानको स्थापना, सबै नागरिकलाई स्वास्थ्य बीमा, आर्युवेद अस्पतालको निर्माण लगायतमा जोड दिएको छ ।

समृद्ध प्रदेश सुखी नागरिकको नारा लिएर सरकार अघि बढिरहेको बताउँदै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य क्षेत्र सुदृढिकरणको मुख्य उद्देश्य राखिएको बताए । समन्यायिक, समतामूलक समाज निर्माणमा सरकार प्रतिबद्ध भएको बताउँदै उनले सीमित स्रोत साधनको उपयोगमार्फत अघि बढेकाअवस्थामा कोरोना भाइरसले समग्र गतिविधि प्रभावित पारेको उनले बताए ।

विपन्न परिवारका लागि सुपथमुल्य कार्ड वितरण, एक स्थानीय तह एक उद्योग ग्राम, एक सहकारी एक उत्पादन, स्याउ सुपर जोन लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै एक पालिका एक उत्पादन, सबै नागरिकलाई स्वास्थ्य बीमामा समावेश गराउने, बहु क्षेत्रीयपोषण सुधार कार्यक्रम पनि प्रदेशमा सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

केरोना प्रभावकै बीच पनि विकास निर्माणको गति तीब्र पार्ने योजना सुनाउँदै प्रदेश प्रमुख शेरचनले गण्डकी विज्ञान प्रविधि प्रतिष्ठान सञ्चालनमा ल्याइने, ताल संरक्षण तथा विकास प्राधिकारणको चुस्तता बढाइने लगायतका कार्यक्रम समेटिएको बताए । उज्यालो प्रदेश कार्यक्रमको निरन्तरता, जनताआवास कार्यक्रम, एकिकृत नमुना प्रशासनीक केन्द्र निर्माण, अत्याधुनिकअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उनले बताए । प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie