शिल्पा शेट्टीका श्रीमान पोर्न फिल्म बनाउने र बेच्ने आरोपमा पक्राउ

एजेन्सी । श्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत बिक्री बितरण गरेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा उधोगी-व्यवसायी राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो ।

भारतिय सञ्चारमाध्यमका अनुसार राज कुन्द्राले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । साथै, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ ।

मुम्बई क्राइम ब्रान्चले धेरै अघिदेखि नै उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । प्रहरीका अनुसार उनले यो धन्दा चलाएको यथेष्ट प्रमाण फेला परिसकेको छ ।

यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् । मेडिकल परिक्षणपछि राज कुन्द्रालाई मंगलबार कोटमा पेस गरिनेछ ।

तपाईको प्रतिक्रिया

Techie