विप्लव समूहसँगको वार्ता सकारात्मक उन्मुख रहेको गृहमन्त्रीको भनाइ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । पहिलो चरणमा बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक’ पुगेको बादलले बता ।

वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मन्त्री थापाले केही विषयमा छलफल जारी रहेपनि छिट्टै सुखद परिणाम आउने बताएका छन् ।वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दाबी गर्दै उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

बार्ताम सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी थिए भने विप्लव समूहका तर्फबाट कार्यालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

Techie