चीनले ३ लाख डोज कोरोना खोप अनुदान दिने

काठमाडौ । चीन सरकारले नेपाल सरकारको अनुरोधमा ३ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । काठमाडौंस्थित चिनियाँ दूताबासले चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको पुष्टि गरेको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको दूताबासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो

तपाईको प्रतिक्रिया

Techie