नेता पक्राउको विरुद्ध विप्लव समूहद्वारा आन्दोलन घोषणा

काठमाडौं । विप्लव समूहले आफ्ना नेताहरुको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताहरुको पक्राउको विरुद्धमा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति मार्फत ५ दिने आन्दोलनको घोषणा गरेका हुन् ।

सरकारले समूहमाथि दमन गरेको बताउँदै विज्ञप्तिमा माघ १० गते नेपाल बन्दको कार्यक्रम राखेको छ ।
कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie