राष्ट्रिय महिला फुटबल टाेलीले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशको खेल अपरान्ह पाँच बजे सुरु हुनेछ । राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा पहिलो पटक डेब्यु गर्न लागेको हो ।

नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन । नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षक ग्यारी फिलिप्सकोको पनि आज डेब्यु हुनेछ । एएफसी महिला एसियन कप छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ । छनोट खेल उज्वेकिस्तानमा हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरीमा हुनेछ ।

तपाईको प्रतिक्रिया

Techie