५ नम्बर प्रदेश सभाका विपक्ष दलका नेता बलदेव शर्माको निधन

बुटवल : ५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

८२ वर्षीय पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो । काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie