४५२२ जना कोरोना संक्रमित थपिए, थप ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने थप ४९५४ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie