४० वर्ष यता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएछ : कृषिमन्त्री भुसाल

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन । एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् ‘आनाज’ ले आज काठमाडौंमा गरेको अन्र्तक्रियामा मन्त्री भुसालले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर बिगार्ने काम गरिएको बताएका हुन् ।

लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने उनको भनाइ छ। देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाडदा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालले बताए ।

उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बताए । उनले पछिल्लो ३०/४० वर्ष यताको स्थितिलाई हेर्दा हेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आएको गुनासो गरे ।

कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालले बताए । कोरोनाले सिकाएको पाठलाई फेरिपनि विर्सने काम भयो भने ठूलो गल्ती हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie