४०३ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

काठमाडौ । नेपालमा मंगलबार थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । त्यस्तै मंगलबार थप ४ सय ५ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६० हजार १७७ जना संक्रमित निको भएका छन् । कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ ।
हाल नेपालमा २ सय ३१ जना क्वारेन्टिनमा रहेका छन । अहिले देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेका छन ।

तपाईको प्रतिक्रिया

Techie