३३९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १६३ जना काठमाडाैं उपत्यकामा सङ्क्रमित थपिएका छन् । काठमाडाैं उपत्यकामा १६३, (काठमाडाैंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५) जना सङ्क्रमित थपिएका छन् ।

नेपालमा अहिले २२ सय एकजना सक्रिय सङ्क्रमित छन् । नेपालमा निकाे हुने दर घटेकाे छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निकाे भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie