३३२ जनामा कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना रहेका छन् ।यससँगै योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ।

हाल देशभर २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।

तपाईको प्रतिक्रिया

Techie