२८३८ जनामा कोरोना संक्रमित थपिए, थप ३० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ४७५ रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie