२७१४ कोरोना संक्रमित थपिए, थप २४ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा विहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १ सय ६९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ६ सय ६१ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय ८८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३७ हजार ६ सय ९० संक्रमितले कोरोना जितेका छन् । हाल २७ हजार ३ सय ७५ संक्रमित आइशोलेशन र २ सय ९१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ४ हजार १ सय ९१ वटा पिसिआर र २ लाख ७८ हजार ५ सय ६९ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie