२५ जना भन्दा बढी सहभागी भएको भन्दै समितिको बैठक स्थगित

काठमाडौं : २५ जनाभन्दा बढी सहभागी भएको भन्दै संघीय संसद अन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठक स्थगित भएको छ । तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न राखिएको बैठक स्थगित गरिएको हो ।

बैठक कांग्रेस सांसद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, सत्तारुढ नेकपाका विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

Techie