२४२१ जना संक्रमित थपिए, थप ८१ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा ३ हजार २३४ जना रहँदा अरु संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् भने पछिल्लो तथ्यांकअनुसार ८१ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५२ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको र अरु प्राप्त हुन बाँकी यसअघि नै तथ्यांक हो ।

तपाईको प्रतिक्रिया

Techie