२३ जना संक्रमित भेटिएपछि नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ जारी

नेपालगञ्ज : नेपालगञ्जमा फेला परेका कोरोना भाइरस संक्रमितसँग भौतिक सम्पर्कमा रहेका ब्यक्तिहरुको खोजी जारी राखिएको छ । सुरुमा संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएका व्यक्ति पछ्याउँदै जाँदा अन्य २२ जना संक्रमित प्रमाणित भएपछि मंगलबारवाट कन्ट्याक्ट ट्रेसिङ जारी राखिएको हो ।

सोही क्रममा मंगलबार साँझसम्म थप ४० जनाको स्वाब संकलन गरेर भेरी अञ्चल अस्पतालको प्रयोगशालामा पठाइएको छ । कम्तिमा तीन सय जनाको स्वाब संकलन गर्नुपर्ने देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । थप व्यक्तिहरुको आज पनि स्वाब संकलन गरेर पठाउने तयारी गरिएको छ ।

संक्रमित व्यक्तिहरू पान पसलदेखि तरकारी हाटसम्म घुमफिर गरेको पाइएकाले कन्ट्याक्ट ट्रेसिङ गर्न कठिन भएको छ । संक्रमितको संख्या थपिंदै गएपछि कन्ट्याक्ट ट्रेसिङका लागि मंगलबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

संक्रमित बढेपछि कन्ट्याक्ट ट्रेसिङ र लकडाउन प्रभावकारी तुल्याउन मंगलबार बिहान ११ बजेबाट तीन दिनका लागि नेपालगगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie