२३२ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

काठमाडौं:  पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनामा पिसिआर गर्दा २३२ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार १८० पुगेको छ।
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३८६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

४ कार्तिक २०७७, मंगलवार ०७:२१ ४ कार्तिक २०७७, मंगलवार ०७:२१

काठमाडौं : नेपालीको…

२२ आश्विन २०७७, बिहीबार १६:२२ २२ आश्विन २०७७, बिहीबार १६:२२

काठमाडौं :  नेपालमा…

२० श्रावण २०७७, मंगलवार १२:१३ २० श्रावण २०७७, मंगलवार १२:१३

मोरङ : मोरङको रंगेली…

Techie