२२ सांसदलाई एमालेले थमायो २४ घण्टे स्पष्टीकरण

विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य कार्य गरेको आरोप

काठमाडौ । नेकपा एमालेले माधव नेपाल समूहका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने गरि भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । साउन पाँच गतेको मिति राखेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टी ह्वीप उल्लंघन भएको उल्लेख नगरि पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ । हालेका सांसदलाई बुधबार स्पष्टीकरण पत्र पठाइएको हो । ओलीले पठाएको पत्र नेपाल पक्षका सांसदले बुधबार नै बुझेका छन् । पत्रमा पार्टीको हितविपरित भेला, गुटगत गतिविधि संचालन र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य कार्य गरेको आरोप लगाइएको छ पत्रमा सांसदहरुलाई पार्टीको साधारण सदस्यवाट किन निष्काशन नगर्ने भनेर सोधिएको छ । नेपाल पक्ष अनुपस्थित रहेको एमालेको केन्द्रीय कमिटी बैठकले देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie