२० देशमा रहेका करिब २०० नेपालीमा कोरोना संक्रमण

काठमाडौं : परराष्ट्र मन्त्रालयले २० देशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार भारत सहितका देशमा रहेका करिव २ सय नेपालीमा संक्रमण भेटिएको हो ।

अमेरिका, बेलायत र खाडी मुलुकमा हुनेहरु बढी प्रभावित छन । अमेरिकामा मात्रै ६० जना भन्दा बढी नेपाली संक्रमित भएका छन । ति मध्ये ४२ जना संक्रमणको केन्द्र रहेको न्युयोर्कका छन् । अमेरिकामा छ जनाको मृत्यु भइसकेको छ । बेलायतमा पनि ३५ जनामा संक्रमण देखिएको छ । छ जनाको मृत्यु भएको छ ।

खाडी र मध्यपूर्वका देशमा पनि नेपालीहरूमा संक्रमण देखिएका छ । बहराइनमा २२ जना, यूएईमा ११ जना, कुवेतमा १२ जना, साउदी अरेबीयामा चार जना र मलेसियामा एक जनामा संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । जापानमा दुई जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अस्ट्रेलियामा आठ, पोर्चुगलमा १२, स्पेनमा कम्तीमा आठ जना र स्वीट्जरल्यण्डमा पाँच जनामा सङ्क्रमण देखिएको छ । माल्दिभ्समा दुई जना, हङकङ, बेल्जीयम, इजरायल र न्यूजील्याण्डमा पनि एक–एक जना नेपालीलाई संक्रमण देखिएको छ ।

भारतको मुम्बईमा अछामका आठ जनामा सङ्क्रमण देखिएको छ । अन्य केही पनि संक्रमित रहेको बताइएको छ । क्यानडामा पनि केही नेपाली संक्रमित भएको भनिएपछि उनीहरुको विवरण खुलेको छैन ।

तपाईको प्रतिक्रिया

Techie