१७६० जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४९५ संक्रमित थपिएका छन् । जस्मध्ये काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ भने १२२० जना कोरोना संक्रमणमुक्त भएका छन् ।अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८९६ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

Techie