१७१ कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसंगै हाल सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसंगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने २ हजार ४ सय रहेको छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie